नेसपा (नयाँ शक्ति) को महाधिवेशन तयारी कहाँ पुग्यो ?
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । माघ २५ देखि २७ सम्म काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरेर माघ १० गतेसम्म केन्द्रमा पठाइसक्न पार्टीले निर्देशन दिएको छ ।
प्रतिनिधि छनोट पालिकाबाट जिल्ला, जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाउने परिपाटी अन्त्य गरी सिधै पालिकाबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए । ‘प्रतिनिधि छनोट पालिकाबाट नै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिएर आउने छन् । माघ १० गतेसम्म केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको छ । प्रतिनिधि आउने क्रम जारी छ’, उनले भने ।
करिब साढे १३ सय प्रतिनिधि सहभागी हुने बन्द सत्रमा अध्यक्ष भट्टराईको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र विधान अधिवेशनमा देखिएको त्रुटि महाधिवेशनले सच्याउनेछ । नयाँ नेतृत्व छनोट गरी माघ २७ गते महाधिवेशन सम्पन्न हुनेछ । कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने व्यवस्थासहितको विधान अनुमोदन गरेको थियो ।
पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष रहेको छ । यस्तै पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने व्यवस्था गरेको छ । सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था गरिएको छ। विधान अधिवेशनले पार्टीको नाम र झन्डा परिवर्तन गरेको छ । पार्टीको सबै तहमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुन्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण