बेटिसमाथि बार्साको गोल वर्षा

काठमाडौँ । स्पेनिस महारथी बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ मा रियल बेटिसमाथि गोल वर्षा गरेको छ । बुधबार भएको खेलमा बार्सा ५–१ गोलले विजयी बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनेटमा गाभीले ड्यानी ओल्मोको पासमा टोलीलाई अग्रता दिलाए । २७ औँ मिनेटमा १७ वर्षीय लमिन यामालले जुल्स कुन्डेलाई गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको सुरुवातमा राफिन्हाले टोलीका लागि तेस्रो गोल गरे ।
६७ औँ मिनेटमा फेरान टोरेसले चौथो गोल थपे । यामालले ७५ औँ मिनेटमा अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए । खेलको अन्त्यतिर भिक्टर रोकले बेटिसका लागि पेनाल्टीबाट सान्त्वना गोल फर्काए ।
बार्सिलोनाले लगातार दुई खेलमा ५ गोल गर्न सफल भएको छ । यसअघि आइतबार साउदी अरबमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–२ गोलले हराउँदै सुपर कपको उपाधि जितेको थियो ।
ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले दोस्रो डिभिजनमा रहेको एल्चेमाथि ४–० को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । लेगानेस र गेटाफे पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै