बेटिसमाथि बार्साको गोल वर्षा
काठमाडौँ । स्पेनिस महारथी बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ मा रियल बेटिसमाथि गोल वर्षा गरेको छ । बुधबार भएको खेलमा बार्सा ५–१ गोलले विजयी बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनेटमा गाभीले ड्यानी ओल्मोको पासमा टोलीलाई अग्रता दिलाए । २७ औँ मिनेटमा १७ वर्षीय लमिन यामालले जुल्स कुन्डेलाई गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको सुरुवातमा राफिन्हाले टोलीका लागि तेस्रो गोल गरे ।
६७ औँ मिनेटमा फेरान टोरेसले चौथो गोल थपे । यामालले ७५ औँ मिनेटमा अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए । खेलको अन्त्यतिर भिक्टर रोकले बेटिसका लागि पेनाल्टीबाट सान्त्वना गोल फर्काए ।
बार्सिलोनाले लगातार दुई खेलमा ५ गोल गर्न सफल भएको छ । यसअघि आइतबार साउदी अरबमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–२ गोलले हराउँदै सुपर कपको उपाधि जितेको थियो ।
ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले दोस्रो डिभिजनमा रहेको एल्चेमाथि ४–० को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । लेगानेस र गेटाफे पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण