डा.शेखरले बेलायतमा उठाए भूपू गोर्खा सैनिकका समस्या
काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान गर्ने विषय उठान गरेका छन् ।
बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट क्रममा उनले सो कुरा उठाएको डा कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले त्यसबाहेक हवाई उडान र जलवायु परिवर्तनका विषय पनि उठान गरेका छन् ।
‘भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने तथा ब्रिटिस एयरवेजको लन्डन- काठमाडौँ सिधा हवाई उडान हुनुपर्ने विषयमा छलफल भयो‚’ थपलियाले भने‚ ‘यस्तै भेटमा उहाँले जलवायु परिवर्तनका कारण नेपाल सङ्कटमा छ, हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने विषय उठाउनुभयो।’
सो क्रममा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण