डा.शेखरले बेलायतमा उठाए भूपू गोर्खा सैनिकका समस्या

काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान गर्ने विषय उठान गरेका छन् ।
बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट क्रममा उनले सो कुरा उठाएको डा कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले त्यसबाहेक हवाई उडान र जलवायु परिवर्तनका विषय पनि उठान गरेका छन् ।
‘भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने तथा ब्रिटिस एयरवेजको लन्डन- काठमाडौँ सिधा हवाई उडान हुनुपर्ने विषयमा छलफल भयो‚’ थपलियाले भने‚ ‘यस्तै भेटमा उहाँले जलवायु परिवर्तनका कारण नेपाल सङ्कटमा छ, हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने विषय उठाउनुभयो।’
सो क्रममा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी