युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले गाजामा हमास र इजरायलबिचको युद्धविराम सम्झौतालाई मन्जुरी दिन अस्वीकार गरेको छ । हमासले अन्तिम क्षणको सङ्कटबाट पछि नहटेसम्म गाजा युद्ध विराम सम्झौता अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक नबस्ने उनले बिहीबार बताएका छन् ।
अन्तिम समयमा छुटहरू प्राप्त गर्ने प्रयासमा सम्झौताका केही अंशहरूबाट पछि हटेको आरोप नेतन्याहूको कार्यालयले हमासलाई लगाएको छ । इजरायली मन्त्रिपरिषद्ले बिहीबार सम्झौतालाई अनुमोदन गर्ने भनिएको थियो ।
पहिले पनि नेतान्याहूले व्यक्त गरेका थिए असहमति हमाससँगको युद्ध विराम सम्झौता अझै पूरा भएको छैन र यसलाई अन्तिम रूप दिने काम भइरहेको यसअघि नेतन्याहूले बुधवार अबेर राति भनेका थिए । नेतन्याहूको यो भनाइको केही घण्टाअघि मात्र अमेरिका र कतारले युद्ध विराम सम्झौताको घोषणा गरेका थिए । यसले गाजामा १५ महिना लामो युद्ध अन्त्य गर्ने र ठुलो सङ्ख्यामा बन्धकहरूलाई रिहा गर्ने मार्ग प्रशस्त गर्ने आशा गरिएको थियो ।
सम्झौताको घोषणापछि ठुलो सङ्ख्यामा प्यालेस्टिनीहरू सडकमा उत्रिएर उत्सव मनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त