ट्रम्पले फिल्म स्टार जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई बनाए हलिउड दूत
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फिल्म स्टारत्रय जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई हलिउडका लागि आफ्नो विशेष राजदूत नियुक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गर्दै यो जानकारी दिएका हुन् ।
हलिउड अहिले कठिन समयबाट गुज्रिरहेको र यी तीन जनाले हलिउडमा यसको स्वर्ण युग फिर्ता ल्याउने पनि पोष्टमा उनले लेखेका छन् । जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई हलिउडको विशेष राजदूतको रूपमा पाउनु आफ्नो लागि सम्मानको कुरा भएको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथमा एउटा पोष्टमा लेखेका छन् ।
यी तीन जनाले आफ्नो विशेष प्रतिनिधिको रूपमा काम गर्ने र हलिउडलाई फेरि बलियो र राम्रो बनाउने पनि उनले उल्लेख गरेका छन् । विगत केही वर्षहरूमा हलिउडले धेरै व्यापार गुमाएको कुरा पनि उनले बताए ।
भोइट, गिब्सन र स्टेलोन तीनै जना निकै प्रतिभाशाली भएको र यिनीहरू हलिउडमा आफ्नो आँखा र कान हुने पन उनले लेखेका छन् । यी तीन जनाले दिने हरेक सुझाव कार्यान्वयन गरिने र यसले हलिउडको स्वर्ण युग फेरि फर्काउने उनले पोष्टमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण