ट्विन पिक्स र मुलहोल्यान्ड ड्राइभका निर्देशक डेभिड लिञ्चको निधन
वासिङ्टन डीसी । हलिउडका चर्चित निर्देशक डेभिड लिन्चको निधन भएको छ । ब्लू भेलभेट र मुलहोल्याण्ड ड्राइभका निर्देशक लिन्चको ७८ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्युमा रोन हावर्ड, स्टिङ, जुड अपाटो जस्ता हलिउड स्टारहरूले श्रद्धाञ्जली दिइरहेका छन् ।
सन् २०२० मा गम्भीर रोग लागेको थाहा भएपछि लिञ्चलाई अक्सिजनमा राखिएको थियो । मृत्यु हुनु केही समय अघि बाक्लो सेतो कपाल भएको टाउकोमा चस्मा ढल्काएर उनले लाइभ स्ट्रिम मार्फत प्रशंसकहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
लिञ्चको निधनको घोषणा उनको परिवारले लिञ्चको आधिकारिक फेसबुक पेजमा गरेका थिए । हलिउड यतिबेला उनको मृत्युमा शोकमग्न बनेको छ । हलिउडभरबाट सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली आइरहेको छ । लिञ्च एक दयालु मानिस र निडर कलाकार भएको र फिल्ममा उनले आफ्नो मुटु र आत्मा दिएको निर्देशक रोन हावर्डले श्रद्धाञ्जली पोस्टमा लेखेका थिए ।
डेभिड जस्तो अर्को कोही नभएको डीजीइकी अध्यक्ष लेस्ली लिंका ग्ल्याटरले पोस्टमा लेखेकी छिन् । युवा निर्देशकको रूपमा लिञ्चले आफूलाई जुन मौका दिए, त्यसले आफ्नो सारा जीवन परिवर्तन गरिदिएको अनि यो अवसरको लागि आफू सधैँ उनीप्रति आभारी रहने पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण