प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा गण्डकी पराजित
शुक्रबार, ०४ माघ २०८१, २० : ५४
बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् ।
गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसी र आङ्गी पाठकले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण