अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?

वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ । टिकटकले विज्ञप्तिमा जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको हो।
अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।
यदि यसको मूल कम्पनी बाइटडान्सले आइतबारसम्म यसलाई बेच्यो भने टिकटकलाई यस प्रतिबन्धबाट बचाउन सकिनेछ । टिकटकले यस कानुनविरूद्ध सर्वोच्च अदालत पुगेको थियो र यो अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो।
सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करणलाई एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत