अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ । टिकटकले विज्ञप्तिमा जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको हो।
अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।
यदि यसको मूल कम्पनी बाइटडान्सले आइतबारसम्म यसलाई बेच्यो भने टिकटकलाई यस प्रतिबन्धबाट बचाउन सकिनेछ । टिकटकले यस कानुनविरूद्ध सर्वोच्च अदालत पुगेको थियो र यो अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो।
सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करणलाई एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण