यमनले हान्यो इजरायलविरुद्ध अर्को मिसाइल
शनिबार, ०५ माघ २०८१, २१ : ११

एजेन्सी । इजरायली सेनाले शनिबार यमनले इजरायलतर्फ अर्को क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यसअघि शनिबार नै यमनले एउटा क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको थियो तर त्यसलाई रोकिएको इजरायली अधिकारीहरुको भनाइ छ ।
इजरायली इफेन्स फोर्सले देशको दक्षिणमा रहेको इलात र अरवा क्षेत्रमा आक्रमणको साइरन बजाइएको र इजरायली भूभागमा पुग्नु अघि नै क्षेप्यास्त्रलाई रोकिएको बताएको छ। यसैबिच, यमनका हुथी विद्रोहीहरूले शनिबार मध्य इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने आफूहरू नै भएको बताएका छन्।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार, इरान समर्थित हुथी समूहले एक विज्ञप्ति जारी गर्दै ‘विशेष सैन्य अपरेशन’ को एक भागको रूपमा इजरायली रक्षा मन्त्रालयलाई लक्षित गरिरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा