यमनले हान्यो इजरायलविरुद्ध अर्को मिसाइल
शनिबार, ०५ माघ २०८१, २१ : ११
एजेन्सी । इजरायली सेनाले शनिबार यमनले इजरायलतर्फ अर्को क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यसअघि शनिबार नै यमनले एउटा क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको थियो तर त्यसलाई रोकिएको इजरायली अधिकारीहरुको भनाइ छ ।
इजरायली इफेन्स फोर्सले देशको दक्षिणमा रहेको इलात र अरवा क्षेत्रमा आक्रमणको साइरन बजाइएको र इजरायली भूभागमा पुग्नु अघि नै क्षेप्यास्त्रलाई रोकिएको बताएको छ। यसैबिच, यमनका हुथी विद्रोहीहरूले शनिबार मध्य इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने आफूहरू नै भएको बताएका छन्।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार, इरान समर्थित हुथी समूहले एक विज्ञप्ति जारी गर्दै ‘विशेष सैन्य अपरेशन’ को एक भागको रूपमा इजरायली रक्षा मन्त्रालयलाई लक्षित गरिरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण