अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदसम्बन्धी विवाद छानबिन गर्न ३ सदस्य छानबिन समिति गठन
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद निर्वाचनमा देखिएको विवाद समाधानका लागि पार्टीकाे केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा सदस्य दावा लामा र शालिग्राम सापकोटा सदस्य रहेको क्रान्तिकारीका केन्द्रीय कार्यालयका प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार छानबिन समितिलाई एक महिनाको समय सीमा दिएको छ । पुस १३ गते भएको ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा भएको मतदानमा खुला पक्षधर २१ मतले पराजित भएको थियो ।
उमेर हद पक्षले ९०० मत पाउँदा विपक्षमा खुला पक्षले ८७९ मत पाएको थियो । खुला र उमेर पक्षधर दुवैले मतदानमा धाँधली भएको आरोप लगाउँदै छानबिन गर्न निर्वाचन समितिसमक्ष उजुरी दिएको थियो ।
यद्यपि निर्वाचन समितिले उजुरी उपर छानबिन नगरी चुनावी परिणाम घोषणा गरेकोप्रति आपत्ति जनाउँदै दोस्रो चरणको निर्वाचन प्रक्रियामा असहयोग गर्ने बताउँदै आएका थिए । सोही विषयलाई मध्यनजर गरी पुस १७ गते हुने भनिएको दोस्रो चरणको निर्वाचन प्रभावित हुँदै आएको छ ।
माओवादीको २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चासिंह सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदललाई माघ ८ गतेसम्म प्रतिवेदन बुझाउन पार्टीले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण