सरकारप्रति सांसदको कटाक्ष– गुप्तवासमा बसेको सरकारको दर्शन गर्न पाइयो !
धनगढी । चार महिनाको अन्तरालपछि सुदूरपश्चिम प्रदेशसभा बैठक बसेपछि प्रदेशसभा सदस्यहरु सरकारप्रति आक्रामक देखिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा कटाक्ष गर्दै राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्टले भनिन्, ‘आज बल्ल गुप्त वासमा बसेको सरकारको दर्शन गर्न पाइयो ।’
उनले प्रदेशसभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको बताउँदै सरकारको लक्ष्य र भिजन कहाँसम्म पुग्ने हो भन्ने आफूहरू अनविज्ञ रहेकोले आफूहरूले पनि सरकारको लक्ष्य र भिजन थाहा पाउनुपर्ने विचार व्यक्त गरिन् ।
उनले भनिन्– ‘सरकार बनाउने बेलामा देखिन्छ । सरकार बनाउन कसैसँग हात जोर्न पछि पर्दैन । तर सरकार बनेपछि सबै बिर्सिन्छ । हराउँछ । गाउँमा जाँदा युवा भन्ने जात भेटिरहेको छैन । प्रदेशको समृद्धि कागजको खोस्टोमा मात्रै भयो ।’
उनले सबैभन्दा बढी झुट बोल्नेमा प्रदेश सरकारको मुख्यमन्त्री रहेको पनि आरोप लगाइन् । उनले भनिन्, ‘सुदूरपश्चिममा झुट बोल्नेहरूको तथ्याङ्क निकाल्ने हो भने, सबैभन्दा बढी झुट बोल्नेमा हाम्रो मुख्यमन्त्री पर्नुहुन्छ ।’
त्यस्तै, विशेष समयमा बोल्दै स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीले लामो समयपछि बैठक बसेकोले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्ष व्यक्त गरे ।
प्रदेशसभा सदस्य जोशीले गायक शिशिर योगीको गीत सुनाउँदै भने, ‘म एउटा मान्छे खोजिरहेको छु । म एउटा यस्तो मुख्यमन्त्री खोजिरहेको छु । व्यवस्थाबारे चिन्ता गरेर केही काम छैन । यो काम यति समयमा गर्न सक्छु भन्ने कार्य तालिका खै ? हामी असन्तुष्टिको कारक आफैँ हौँ ।’
विशेष समयमा कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्रसिंह रावल, नेकपा माओवादी केन्द्रका मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी र एकीकृत समाजवादीका प्रकाश रावलले आफ्नो विचार व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण