नेपाल कबड्डी लिग : विराटनगरद्वारा काठमाडौँ पराजित
आइतबार, ०६ माघ २०८१, २२ : ५०
काठमाडौँ । विराटनगर ब्यान्डिट्सले काठमाडौँ म्याभरिक्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सम्पन्न पहिलो खेलमा विराटनगरले काठमाडौँ म्याभरिक्सलाई ४४–४३ अङ्कले पराजित गर्दै विजयी भएको हो । जितसँगै विराटनगर दुई खेलमा स्पष्ट १० अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई पराजित गरेको थियो । दुई सातासम्म चल्ने उक्त प्रतियोगिताको पहिलो सिजनमा फ्रेन्चाइज टोलीको अवधारणामा विभिन्न ६ सहरका ६ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण