सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत
नयाँ दिल्ली । भारतीय कांग्रेस दलका नेता राहुल गान्धीलाई सर्वोच्च अदालतबाट ठुलो राहत मिलेको छ । चुनावी र्यालीमा अमित शाहविरुद्ध गरेको टिप्पणीलाई लिएर राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानि मुद्दामा सर्वोच्च अदालतले तल्लो अदालतको कारबाहीलाई रोक लगाएको छ ।
भाजपा कार्यकर्ता नवीन झाले २०१९ मा राहुल गान्धीविरुद्ध अमित शाहविरुद्ध गरेको कथित टिप्पणीको लागि मुद्दा दायर गरेका थिए । २०१९ को लोकसभा चुनावअघि चाइबासामा आफ्नो एक सार्वजनिक भाषणको क्रममा राहुल गान्धीले शाहको लागि ‘हत्यारा शब्द प्रयोग गरेको आरोप लगाइएको थिए ।
न्यायाधीश विक्रमनाथ र सन्दीप मेहताको संयुक्त इजलासले राहुलको अपिलमा जवाफ माग्दै झारखण्ड सरकार र भाजपा नेतालाई नोटिस जारी गरेको छ । यसअघि, लोकसभाका विपक्षी नेताले झारखण्ड उच्च अदालतको आदेशलाई चुनौती दिएका थिए ।
फैसलाले उजुरीको सम्बन्धमा ट्रायल अदालतमा आफू विरुद्धको कारबाही रद्द गर्न उनले दिएको निवेदन खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण