टिकटक सम्बन्धी कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर
मङ्गलबार, ०८ माघ २०८१, ०९ : ०९
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति कार्यालय पुग्ने बित्तिकै धेरै कार्यकारी आदेश जारी गरेका छन् । यसमा चिनियाँ सामाजिक सञ्जाल एप टिक–टकसँग सम्बन्धित आदेश पनि छ ।
टिकटकसँग सम्बन्धित आदेशमा के लेखिएको छ भन्ने बारेमा विस्तृत जानकारी हाल दिइएको छैन । तर ट्रम्पले टिकटकलाई ९० दिनको राहत दिने कुरा गरिरहेका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा ठिक अगाडि नै उनले टिकटकमा कार्यकारी आदेश जारी गर्ने बताएका थिए । ‘तपाईंले टिकटकको खतराको बारेमा पहिले चाँहि किन चेतावनी दिइरहनुभएको थियो ?’
राष्ट्रपति कार्यालयमा एक जना पत्रकारले ट्रम्पलाई सोधेका थिए । यो टिकटकसँगको सम्झौतामा निर्भर गर्ने र एप सम्झौतामा पुगेन भने यो बेकार भएको तर सम्झौतामा पुग्यो भने चाँहि यसको मूल्य अर्बौ डलर हुनेछ भनेर उनले उत्तर दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण