टिकटक सम्बन्धी कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर
मङ्गलबार, ०८ माघ २०८१, ०९ : ०९

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति कार्यालय पुग्ने बित्तिकै धेरै कार्यकारी आदेश जारी गरेका छन् । यसमा चिनियाँ सामाजिक सञ्जाल एप टिक–टकसँग सम्बन्धित आदेश पनि छ ।
टिकटकसँग सम्बन्धित आदेशमा के लेखिएको छ भन्ने बारेमा विस्तृत जानकारी हाल दिइएको छैन । तर ट्रम्पले टिकटकलाई ९० दिनको राहत दिने कुरा गरिरहेका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा ठिक अगाडि नै उनले टिकटकमा कार्यकारी आदेश जारी गर्ने बताएका थिए । ‘तपाईंले टिकटकको खतराको बारेमा पहिले चाँहि किन चेतावनी दिइरहनुभएको थियो ?’
राष्ट्रपति कार्यालयमा एक जना पत्रकारले ट्रम्पलाई सोधेका थिए । यो टिकटकसँगको सम्झौतामा निर्भर गर्ने र एप सम्झौतामा पुगेन भने यो बेकार भएको तर सम्झौतामा पुग्यो भने चाँहि यसको मूल्य अर्बौ डलर हुनेछ भनेर उनले उत्तर दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध, मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न अन्तरिम आदेश माग
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा