राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर
काठमाडौँ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको लामो प्रयासपछि मंगलबार पार्टी दर्ता प्रमाणपत्र पाएको पार्टीका नेता केशव झाले बताए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ । गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको नेता झाले जानकारी दिए ।
स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने भएकाले पार्टीको सदस्यता लिएर सक्रियताका साथ पार्टीमा लाग्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण