तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै उनीहरुले आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
नगरसभा चाहिँ एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको हो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदामा सहमति गरेर ताला खोलिएको पोखरा ४ का सदस्य प्रकाश कोइरालाले जानकारी दिए ।
उनका अनुसार चालू नगरसभा माघ ११ गते दिनको १ बजे गर्ने सहमति भएको छ । मेयर आचार्यले १० गतेका लागि बैठक स्थगित गरेका थिए । यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको छ ।
रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ । यसबाहेक पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बिच २०८१ मङ्सिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको कोइरालाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण