तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला

पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै उनीहरुले आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
नगरसभा चाहिँ एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको हो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदामा सहमति गरेर ताला खोलिएको पोखरा ४ का सदस्य प्रकाश कोइरालाले जानकारी दिए ।
उनका अनुसार चालू नगरसभा माघ ११ गते दिनको १ बजे गर्ने सहमति भएको छ । मेयर आचार्यले १० गतेका लागि बैठक स्थगित गरेका थिए । यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको छ ।
रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ । यसबाहेक पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बिच २०८१ मङ्सिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको कोइरालाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने