लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ । पाँचौँ अधिवेशनको छैटौँ बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।
प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने, यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन रु सभामा पेस गर्ने समेत कार्यसूचीमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण