उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
उदयपुर । त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करिब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।
नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण