अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना मानिसलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी–९ स्थित हरियाली सामुदायिक वनबाट राक्सिराङ गाउँपालिका वडा नम्बर १ गडुवानका ५२ वर्षीय जीत बहादुर थिङलाई पक्राउ गरिएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार थिङलाई काँधमा भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले थिङको साथबाट बन्दुक एक थानसहित फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान र १ थान खुकुरी बरामद गरेको प्रवक्ता अर्यालले बताए ।
थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण