म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
बिहीबार, १० माघ २०८१, ०५ : ३०
काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा परेको छ । बुधबार राती भएको लिग चरणको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४-२ ले पराजित भएसँगै म्यान्सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा परेको हो ।
यो हारले पेप ग्वार्डिवलाको टोलीका सम्पूर्ण कमजोरीहरु एकै साथ बाहिरिएको टिप्पणी हुन थालेको छ । म्यान्सिटीका लागि ज्याक ग्रिलिश र एर्लिङ हालाण्डले मात्रै गोल गर्न सके ।
पीएसजीका लागि ओस्मान डेम्बले, ब्राडली बारकोला, जोआओ नेवेस र गुनसालो रामोसले गोल गरे । खेलपछि ग्वार्डिवलाले भने, ‘उनीहरु बलिया थिए । हामीले स्वीकार्नुपर्छ । अब हामीसँग ब्रुग्सविरुद्ध घरेलु मैदानमा अन्तिम मौका छ । हामी त्यहाँ सबै प्रयास गर्ने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण