ट्रम्प समर्थित एआई परियोजनामाथि मस्कले उठाए प्रश्न
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले भर्खरै पदभार ग्रहण गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका ५ खर्ब डलर बराबरको एआई परियोजनामाथि प्रश्न उठाएका छन् । उक्त परियोजनालाई उपलब्ध गराइने भनिएको पैसा वास्तवमा हुँदै नभएको मस्कको भनाई छ ।
ह्वाइट हाउसमा आफ्नो पहिलो दिनमा ट्रम्पले मंगलबार जापानी कम्पनी सफ्टबैंक र च्याट जीपीटीको निर्माता ओपनएआई समेतको नेतृत्वमा कृत्रिम बौद्धिकताका लागि पूर्वाधार बनाउन ठुलै रकम लगानी गर्ने घोषणा गरेका थिए । यो भेञ्चरलाई ट्रम्पले स्टारगेट भनेका थिए । यस परियोजनामा आमेरिकमा कम्तीमा पनि ५ खर्ब डलर लगानी हुने र यसले १ लाख रोजगारी सृजना गर्ने उनको भनाइ थियो ।
तर यस परियोजनालाई लिएर मस्क र र ओपनएआईका सीईओ साम अल्टम्यानबीच माइक्रो ब्लगिङ वेबसाइट एक्समा वाकयुद्ध छेडिएको छ । मस्कले पैसा छैन भनेपछि अल्टम्यानले ‘गलत, तिमीलाई यसबारे पक्कै थाहा छैन । काम भइरहेको पहिलो साइटमा घुम्न चाहन्छौँ ?’भनेर प्रश्न गरेका थिए ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा मस्कले ट्रम्पको समर्थन गर्न थालेयता यी दुई जना हरेक मुद्दामा एकमत जस्तै देखिएका थिए । ट्रम्पको चुनावी अभियानमा मस्कले २७ करोड डलर खर्चेका थिए । स्टारगेटको विषयमा भने मस्क र ट्रम्प विभाजित देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण