६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
बिहीबार, १० माघ २०८१, २० : ०७

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा कण्डम भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो ।
यो संख्याको कण्डम आयातमा नेपालबाट १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ संख्याको कण्डम भित्रिँदा राज्य कोषमा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुने गरेको छ । भारतबाट १ करोड ५५ लाख ५० हजार ५९४ वटा कण्डम भित्रिएको छ । यो बराबर ९ करोड ८७ लाख ९५ हजार खर्च भएको विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु