खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र १–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागुऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।
पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
चोरीका कपडासहित चार जना पक्राउ
काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएका कपडासहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय निरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान