६ महिनामा सुदूरपश्चिम सरकारको बजेट खर्च १४.८२ प्रतिशत
धनगढी । सुदूरपश्चिम सरकारको बजेट खर्च सुस्त देखिएको छ ।सुदूरपश्चिम सरकारको बजेट खर्च ६ महिनाको अवधिमा जम्मा १४.८२ प्रतिशत मात्रै रहेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख वासुदेव जोशीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट रहेकोमा हालसम्म १४.८२ अर्थात् ४ अर्ब ६८ करोड ७० लाख ५ हजार मात्रै खर्च हुन सकेको छ ।
प्रदेश सरकारले चालुतर्फको १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार बजेट रहेकोमा २ अर्ब ८१ करोड ५८ लाख ५२ हजार अर्थात् २१.९० प्रतिशत मात्रै खर्च गरेको छ ।
यस्तै पुँजीगत खर्च १ अर्ब ८७ करोड ११ लाख अर्थात् ९.९८ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालू आवको लागि साउन १ गते प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले बजेट ल्याएको थियो । तर, प्रदेश सभाबाट बजेट पास हुन नसक्दा झन्डै दुई महिना बजेट शून्यताको अवस्था सिर्जना भएको थियो । पछि सरकारमा भएको फेरबदलपछि बनेको मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट गत असोज ६ गते पारित भयो । जुन निकै ढिलो आएको बजेटको खर्च स्थिति सुस्त रहेको हो ।
प्रदेश सरकारको मन्त्रालयगत रूपमा खर्च स्थिति हेर्ने हो भने चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ । पौष मसान्तसम्म १ अर्ब ७४ करोड २ लाख ३५ हजार खर्च गरेको छ ।
त्यस्तै, २ अर्ब ९० करोड ३७ लाख ४३ हजार पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ महिनाको अवधिमा ६ करोड ३० लाख मात्रै खर्च गर्न सकेको छ ।
८८ करोड ५० लाख ६१ हजार पुँजीगत बजेट रहेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १ करोड ९४ लाख ३४ हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण