कर्णालीको परिचय बदल्न युवाहरूको सङ्कल्प जरुरी : मुख्यमन्त्री कँडेल
शुक्रबार, ११ माघ २०८१, १५ : ५८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरूको साथ र सङ्कल्पको जरुरी रहेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रथम कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औँल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु । युवाको सकारात्मक साथ आवश्यक छ,’ उनले भने, ‘मैले कहिल्यै कर्णालीको शिर निहुर्याउने काम गर्ने छैन । प्रदेशको विकासमा युवाहरूलाई साथमै राख्नेछु ।’
उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले व्यवस्था विरोधी चिन्तन नराख्न युवाहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण