अमेरिकासँग व्यापार युद्ध हुँदैन : मेक्सिको
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकी छन् । शेनबामले नियमित पत्रकार सम्मेलनमा भनिन्– ‘म व्यापार युद्ध देख्दिनँ। अमेरिकी राष्ट्रपतिले हिजो मेक्सिकोको बारेमा फरक तरिकाले बोल्नुभएको छ ।’
विश्व आर्थिक मञ्च (डाभोस) मा बिहीबार एक प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका थिए, ‘हामी मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेका छौँ। हामी न्यायोचित व्यवहार गर्न चाहन्छौँ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।
शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरिन् । ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
यसको जवाफमा मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गर्यो र निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण