बेलायती प्रधानमन्त्रीको प्रशंसा गरेर ट्रम्पले के भने ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री सर किर स्टार्मरको प्रशंसा गरेका छन् । प्रधानमन्त्री स्टारमरले अहिलेसम्म धेरै राम्रो काम गरेको र आफूहरूबिचको सम्बन्ध निकै राम्रो रहेको उनले बताए ।
एयर फोर्स वनमा बीबीसीले सोधेको प्रश्नको जवाफमा ट्रम्पले यास्तो बताएका हुन् । स्टार्मरसँग आफूले ‘अर्को २४ घण्टामा’ फोन गर्ने पनि उनले बताए । ट्रम्प र स्टार्मर पहिले पनि धेरै पटक भेटिसकेका छन् । राष्ट्रपति चुनावको अभियानका क्रममा स्टार्मरले न्यूयोर्कको ट्रम्प टावरको पनि भ्रमण गरेका थिए ।
तर ट्रम्पका समर्थक तथा खर्बपति व्यापार एलन मस्क भने स्टार्मरका कडा आलोचक हुन् । उनलाई पदबाट हटाउन धेरै पटक आह्वान पनि गरेका थिए । ‘मलाई उनी धेरै मन पर्छन्’ ट्रम्पले भने । उनी उदारवादी भएको र आफूभन्दा अलि फरक भएको पनि उनले बताए । उनी एकदमै राम्रो मान्छे हुन भन्ने आफूलाई लागेको अनि उनले अहिलेसम्म राम्रो काम गरेको पनि ट्रम्पले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय