बेलायती प्रधानमन्त्रीको प्रशंसा गरेर ट्रम्पले के भने ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री सर किर स्टार्मरको प्रशंसा गरेका छन् । प्रधानमन्त्री स्टारमरले अहिलेसम्म धेरै राम्रो काम गरेको र आफूहरूबिचको सम्बन्ध निकै राम्रो रहेको उनले बताए ।
एयर फोर्स वनमा बीबीसीले सोधेको प्रश्नको जवाफमा ट्रम्पले यास्तो बताएका हुन् । स्टार्मरसँग आफूले ‘अर्को २४ घण्टामा’ फोन गर्ने पनि उनले बताए । ट्रम्प र स्टार्मर पहिले पनि धेरै पटक भेटिसकेका छन् । राष्ट्रपति चुनावको अभियानका क्रममा स्टार्मरले न्यूयोर्कको ट्रम्प टावरको पनि भ्रमण गरेका थिए ।
तर ट्रम्पका समर्थक तथा खर्बपति व्यापार एलन मस्क भने स्टार्मरका कडा आलोचक हुन् । उनलाई पदबाट हटाउन धेरै पटक आह्वान पनि गरेका थिए । ‘मलाई उनी धेरै मन पर्छन्’ ट्रम्पले भने । उनी उदारवादी भएको र आफूभन्दा अलि फरक भएको पनि उनले बताए । उनी एकदमै राम्रो मान्छे हुन भन्ने आफूलाई लागेको अनि उनले अहिलेसम्म राम्रो काम गरेको पनि ट्रम्पले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण