तिलक वर्माको उत्कृष्ट अर्धशतकसँगै भारतले भ्रमणकारी इङ्ल्यान्डलाई हरायो
काठमाडौँ । घरेलु टोली भारतले शनिबार राति सम्पन्न दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि इङ्ल्यान्डलाई दुई विकेटले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–० को अग्रता हासिल गरेको छ ।
चेन्नईमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले १९।२ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
भारतको जितमा तिलक वर्माले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आउका तिलकले अविजित ७२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५५ बलको सामना गरी पाँच छक्का र चार चौका पनि प्रहार गरे ।
वासिङ्टन सुन्दरले पनि टोलीको खातामा २६ रन थपे । उनले १९ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवले १२–१२ रन बनाए । इङ्ल्यान्डका बलर ब्राइडन कार्सले तीन विकेट लिए ।
त्यसअघि, इङ्ल्यान्डका लागि कप्तान जस बट्लरले सर्वाधिक ४५ रन बनाएका थिए । उनले केवल ३० बलमा तीन छक्का र दुई चौका पनि प्रहार गरे । ब्राइडन कार्सले पनि टोलीको खातामा ३१ रन थपे । उनले १७ बलमा तीन छक्का र एक चौका हिर्काए ।
जामी स्मिथले पनि २२ रन बनाए । उनले केवल १२ बलमा दुई छक्का र एक चौका प्रहार गरे । उनले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । भारतीय टोलीका बलर अक्सर पटेल र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
उक्त खेलमा भारतका तिलक वर्मा प्लेयर अफ दि म्याच घोषित भए । २२ वर्षीय तिलक वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । यसअघि खेलिएको पहिलो खेलमा भारत सात विकेटले विजयी भएको थियो । शृंखला अन्तगर्तको तेस्रो खेल मंगलबार राजकोटमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण