मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?
आइतबार, १३ माघ २०८१, ११ : १०
वासिङटन डीसी । मेक्सिकोको सिमानामा रहेको शहर सियुदाद जुआरेजमा कामदार र निर्माण टोलीहरूले धमाधम टेन्ट सिटी बनाउँदैछन् । आगामी हप्ताहरूमा अमेरिकाबाट मेक्सिको पठाउन सकिने हजारौं निर्वासित आप्रवासीका लागि राख्ने ठाउँ बनाउँन मेक्सिकन सरकारले यो तयारी गरेको हो । अमेरिका र मेक्सिकोबीच ३ हजार किमि सीमा जोडिएको छ । यो सीमामा रहेका आठ वटा ठाउँमध्ये एक जुआरेज हो ।
यहाँ ठूलो संख्यामा मानिसहरू आइपुग्ने अपेक्षा गरिएको छ, त्यसैले यी तयारीहरू गरिरहेको बताइएको छ । पुरुष र महिलाहरूलाई बस्नका लागि अस्थायी आश्रयहरू निर्माण गरिँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन’को कुरा गरेका छन् । अमेरिकाले चाँडै नै मजदुर, घरेलु कामदार, भान्सामा काम गर्ने कर्मचारी र कृषि मजदुरहरू आदिलाई देश निकाला गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण