मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?
आइतबार, १३ माघ २०८१, ११ : १०

वासिङटन डीसी । मेक्सिकोको सिमानामा रहेको शहर सियुदाद जुआरेजमा कामदार र निर्माण टोलीहरूले धमाधम टेन्ट सिटी बनाउँदैछन् । आगामी हप्ताहरूमा अमेरिकाबाट मेक्सिको पठाउन सकिने हजारौं निर्वासित आप्रवासीका लागि राख्ने ठाउँ बनाउँन मेक्सिकन सरकारले यो तयारी गरेको हो । अमेरिका र मेक्सिकोबीच ३ हजार किमि सीमा जोडिएको छ । यो सीमामा रहेका आठ वटा ठाउँमध्ये एक जुआरेज हो ।
यहाँ ठूलो संख्यामा मानिसहरू आइपुग्ने अपेक्षा गरिएको छ, त्यसैले यी तयारीहरू गरिरहेको बताइएको छ । पुरुष र महिलाहरूलाई बस्नका लागि अस्थायी आश्रयहरू निर्माण गरिँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन’को कुरा गरेका छन् । अमेरिकाले चाँडै नै मजदुर, घरेलु कामदार, भान्सामा काम गर्ने कर्मचारी र कृषि मजदुरहरू आदिलाई देश निकाला गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी