आईसीसी महिला यू–१९ विश्वकप : बंगलादेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो भारत
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा भारतले लगातार तेस्रो जित हासिल गरेको छ । भारतले आइतबार खेलिएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हरायो ।
जितसँगै भारत अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । ‘सुपर–६’ चरणको समूह ‘एक’ मा तीन खेल खेलेको भारतले ६ अंक बटुलेको छ । तीन खेल खेलेको अस्ट्रेलिया ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।
तीन खेल खेलेको श्रीलंका तीन अंकसहित तेस्रो स्थानमा छ । आइतबार नै स्कटल्यान्डविरुद्धको खेलमा अंक बाँड्नु परेपछि श्रीलंकाली टोली केही दबाबमा परेको छ । तीन खेल खेलेको बंगलादेश दुई अंकसहित तालिकाको चौथो स्थानमा छ ।
यसैगरी, तीन खेल खेलेको स्कटल्यान्ड एक अंकसहित पाँचौँ र समान खेल खेलेको वेस्ट इन्डिज शून्य अंकसहित छैटौँ स्थानमा छन् । ‘सुपर–६’ चरणमा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
भारतविरुद्धको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ६४ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमै केवल दुई विकेट गुमाएर ६६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
भारतको सजिलो जितमा ओपनर तृषा गोनगादीले ४० रनको योगदान गरिन् । उनले ३१ बलको सामना गरी आठ चौका पनि हिकाइन् । तेस्रो नम्बरकी ब्याटर सनिका चाल्कले पनि टोलीको खातामा अविजित ११ रन थपिन् ।
त्यसअघि, बंगलादेशका लागि कप्तान सुमैया अख्तरले अविजित २१ रन बनाएकी थिइन् । जनातुल मउवाले पनि १४ रन बनाइन् । बंगलादेशका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । भारतकी बलर वैष्णवी शर्माले तीन विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण