सुप्रिम सहकारी ठगी प्रकरण
रवि लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
आइतबार, १३ माघ २०८१, १५ : ५३
बुटवल । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस सकेका हुन् ।
अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले अब सवालजवाफ सुरु भएको बताए ।
सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशक लामिछाने आइतबार पनि अदालतमा उपस्थित भएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले बुधबार बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण