दोस्रो टेस्ट क्रिकेट : पाकिस्तानलाई वेस्ट इन्डिजले दियो २५४ रनको लक्ष्य
काठमाडौँ । भ्रमणकारी टोली वेस्ट इन्डिजले दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा पाकिस्तानलाई जितका लागि दुई सय ५४ रनको लक्ष्य दिएको छ । दोस्रो टेस्टको दोस्रो दिन आइतबार क्यारेबियन टोली आफ्नो दोस्रो पालीमा दुई सय ४४ रनमा समेटिएपछि पाकिस्तानले उक्त लक्ष्य पाएको हो ।
दोस्रो पालीमा वेस्ट इन्डिजका लागि ओपनर क्रेग ब्राथवेटले अर्धशतक बनाए । टोलीको कप्तानसमेत रहेका ब्राथवेटले ७४ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५२ रन बनाए । टेभिन इमलचले पनि ३५ रन बटुले ।
विकेटकिपर ब्याट्सम्यान टेभिनले ५७ बलमा एक चौका प्रहार गरे । अमिर जांगुले पनि टोलीको खातामा ३० रन थपे । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । पाकिस्तानका बलर साजिद खानले चार विकेट लिए ।
नोमन अलीले पनि चार विकेट हात पारे । कासिफ अली र अबरर अहमदले पनि एक–एक विकेट लिए । वेस्ट इन्डिजले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो ।
त्यसअघि, पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५४ रन बनाउँदै अलआउट भएको थियो । पाकिस्तानका लागि पहिलो पालीमा मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ७५ बलमा आठ चौका पनि हिर्काए ।
साउद सकिलले पनि ६२ बलमा दुई चौकाको मद्दतले ३२ रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । क्यारेबियन टोलीका बलर जोमेल वारिकनले चार विकेट लिए । गुडाकेश मोटीले पनि तीन विकेट हात पारे । केमर रोचले पनि दुई विकेट लिए ।
त्यसअघि, टस जिती ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले पहिलो पालीमा एकसय ६३ रन बनाएको थियो । पहिलो पालीमा वेस्ट इन्डिजका लागि गुडाकेश मोटीले अर्धशतक बनाएका थिए । तल्लो क्रममा क्रिज समाल्न आएका उनले ५५ रन बनाए । उनले ८७ बलको सामना गरी चार चौका पनि हिर्काए ।
जोमेल वारिकनले अविजित ३६ रन बटुले । उनले ४० बलको सामना गरी दुई छक्का र एक चौका प्रहार गरे । केमर रोचले २५ र काभेम हजले २१ रन बटुले । पाकिस्तानका बलर नोमन अली एक्लैले ६ विकेट लिए । उनले १५.१ ओभरमा तीन मेडन राख्दै ४१ रन खर्चिए । साजिद खानले पनि दुई विकेट हात पारे । यसअघि, खेलिएको पहिलो टेस्टमा पाकिस्तान एक सय २७ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण