एकीकृत समाजवादीले बोलायो लगातार बैठक
आइतबार, १३ माघ २०८१, २० : ३७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले लगातार तीनवटा पार्टी कमिटीको बैठक बोलाएको छ ।
महासचिव घनश्याम भुसालले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी दिए । महासचिव भुसालले माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र फागुन १२ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताए ।
सो पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जनजीविका र भ्रष्टाचारका सवालमा पार्टी धारणा तय गर्न बैठकहरू बोलाइएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ