मलाई भूतमा विश्वास छैन : प्रियङ्का कार्की
काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्कीले आफूलाई भूतमा विश्वास नभएको बताएकी छन् । भूतमा विश्वास नभए पनि इनर्जी भने हुने उनको धारणा रहेको थियो । फिल्म ‘ममी’ ले आइतबार फिल्मको विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा उनले ममी हरर विषयमा बनेपछि भूतको विषय भने भन्न नमिल्ने बताइन् ।
‘मैले पनि स्क्रिप्ट पढ्दा २/३ भिन्न तरिकाले हेरेको थिएँ यो स्क्रिप्टलाई । के यो हरर नै हो र ? साँच्चिकै देखेको हो र ? कि उसले कल्पना गरेको हो कि ?’ उनले भनिन्– ‘यस्तो प्रश्न पनि आउँछ । यो पक्षमा राम्रो पटकथा लेखिएको छ । तपाईँले यसलाई त्यसरी पनि हेर्न सक्नुहुन्छ ।’ हरर तत्त्वले फिल्मलाई निर्देशित गरेको उनको धारणा रहेको छ ।
‘अब हरर भनेर ५/५ मिनेटमा तर्साउने हरर पनि पाउनुहुन्न । हररले ड्राइभ गरेको छ स्टोरीलाई । तर त्यो हररसम्म हामी कसरी पुग्छम् भन्ने मेन स्टोरी हो’ उनले थपिन् । उनले नेपाल बन्ने फिल्मको लेखिएका स्क्रिप्टको ५० प्रतिशत पनि दृश्यमा उतार्न नसकिएको बताइन् ।
कार्यक्रममा अभिनेत्री दिया मास्के फिल्ममा तर्साउने भए पनि हरर पुरै भन्न नमिल्ने बताइन् । उनले फिल्मको कथा मन परेर फिल्म अभिनय गरेको धारणा राखिन् ।
निर्मात्री समेत रहेकी पूर्णिमा जोशीले आफूले भूतलाई महसुस गर्ने गरेको बताइन् । ‘म भूत फिल गर्छु । भूतले मलाई तर्साइरहेको हुन्छ । पर्सनल्ली म भूतलाई अनुभव गर्छु । भूत छ भन्ने फिल हुन्छ’ उनले थपिन् । निर्देशक समर निरौलाले फिल्मले फिल्म हरर भन्न नमिले पनि तर्साउने फिल्म भएको बताए । आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा प्रियङ्का र दियाको अलावा सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतको अभिनय छ ।
सो–ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा र पूर्णिमा जोशीको पटकथा लेखन, समर निरौलाको निर्देशन छ । लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् । छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका हुन् । सम्पादन सुरेन महर्जनको छ । काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण