शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

सोमबार, १४ माघ २०८१, ०७ : ११
सोमबार, १४ माघ २०८१

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।

बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप