बुमराह बने आईसीसी टेस्ट क्रिकेटर अफ द इयर
सोमबार, १४ माघ २०८१, १९ : २६
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहलाई आईसीसीले वर्षको उत्कृष्ट टेस्ट क्रिकेटर घोषित गरेको छ । बुमराहले सन् २०२४ मा टेस्ट म्याचमा उत्कृष्ट बलिङ गरेबापत यो सम्मान पाएका हुन् ।
बीसीसीआईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट मार्फत यो जानकारी दिएको छ। बुमराहले गत वर्ष १३ टेस्ट खेलमा १४.९२ को औसतमा ७१ विकेट लिएका थिए।
जसप्रित बुमराह बाहेक अहिले सम्म भारतका अन्य तीन बलरले मात्र एक क्यालेन्डर वर्षमा ७० वा सो भन्दा बढी विकेट लिन सकेका छन् । जसमा रवीचन्द्रन अश्विन, अनिल कुम्बले र कपिल देव पर्छन्।
विकेट लिने हिसाबले सन् २०२४ मा इङ्ल्यान्डका गस एट्किन्सन दोस्रो भए, जसले ११ टेस्ट खेलमा ५२ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण