‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमल बहादुर शाहले बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट पनि सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको उनले बताए ।
बाँकावीरलाई राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेको बताइन्छ । सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ । वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन् ।
त्यस्तै, कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ । उनलाई २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा बिद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो । उनी तरण दल कैलालीका सदस्य पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की
-
चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच के छलफल भयो?
-
युक्रेनसँग ‘सिधा वार्ता’ गर्ने पुटिनको प्रस्ताव
-
तरुण दल चौतारा नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी