सैफ अली खानमाथि आक्रमण प्रकरण : एक महिला पक्राउ
मुम्बई पुलिसले पश्चिम बंगालको नादिया जिल्लाबाट बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण प्रकरणमा एक महिलालाई पक्राउ गरेको छ।
यसअघि मुम्बईबाट पक्राउ परेका बंगलादेशी नागरिकले प्रयोग गरेको सिम कार्ड महिलाको नाममा दर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मुम्बई पुलिसको दुई सदस्यीय टोली आइतबार बंगाल पुगेको थियो। सोही ठाउँको छपराबाट एक महिलालाई सैफ अली आक्रमण मामिलामा पक्राउ गरेको हो। महिलाको नाम खुखुमोनी जहाँगिर शेख रहेको र उनी पक्राउ परेका बंगलादेशी शरीफुल फकिरकी चिनजानकी भएकी प्रहरी अधिकारीले बताएका छन्।
फकिर सिलगुडी नजिकैको भारत-बंगलादेश सीमानाबाट अवैध रूपमा भारत प्रवेश गरेका र ती महिलाको सम्पर्कमा आएका प्रहरीले बताएको छ।
ती महिला बंगालको मुर्शिदाबाद जिल्लाको अन्दुलियाकी बासिन्दा हुन्। सोमबार प्रहरीले उनलाई ट्रान्जिट रिमाण्डमा मुम्बई लगेको छ।
सैफलाई जनवरी १६ मा मुम्बईको बान्द्रास्थित घरमा आक्रमणकारीले छुरा प्रहार गरेका थिए। घटनापछि उनलाई लीलावती अस्पताल लगिएको थियो। २१ जनवरीमा सैफ अस्पतालबाट डिस्चार्ज भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण