कोकेन तस्करीको आरोपमा बेल्जियन फुटबलर पक्राउ
ब्रसेल्स । लागुऔषध कोकेन तस्करीको अनुसन्धानका क्रममा बेल्जियन फुटबलर राड्जा नाइनगोलान पक्राउ परेका छन् । सोमबार बेल्जियन प्रहरीले थुप्रै स्थानमा छापा मारेर पक्राउ गरिएका विभिन्न सन्दिग्धहरू मध्ये ३६ वर्षीय खेलाडी एक हुन् ।
बेल्जियमको एन्टर्पस्थित बन्दरगाह प्रयोग गरेर दक्षिण अमेरिकाबाट युरोपसम्म कोकेनको आयत भइरहेको र बेल्जियममा वितरण भइरहेको विषयमा अनुसन्धान भइरहेको ब्रसेल्सको अभियोजन कार्यालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । यसबारे थप जानकारी साझा गरिएको छैन ।
छ दिनअघि मात्र नाइनगोलान संन्यासबाट फर्किँदै बेल्जियमको दोस्रो डिभिजनको क्लब लोकेरेनसँग अनुबन्ध भएका थिए । उनले डेब्यू खेलमा नै गोल गर्दा उनको टोलीले घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको थियो । एन्टर्पमा जन्मिएका मिडफिल्डरले करियरको लामो समय इटालीमा बिताएका थिए । उनले रोमा र इन्टर मिलानबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २००९ देखि २०१८ को बिचमा उनले बेल्जियमको राष्ट्रिय टोलीका लागि ३० खेल खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण