डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन अर्थमन्त्रीसँग सांसद डाँगीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचेतक निशा डाँगीले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षणपत्र बुझाएकी छन् । सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले मंगलबार ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
उनले सरकारले डिजिटल फ्रेम नेटवर्कको खाका बनाएको तर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणले दुख पाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् ।
‘सरकार एकातिर डिजिटल फ्रेम नेटवर्कको खाका बनाएका विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउँछ‚ अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको भन्ने विषय उल्लेख गर्दै सरकारले आगामी दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अनुरोध गरेको छु‚’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण