सुनिल गावस्करले पटक–पटक आलोचना गरेपछि बीसीसीआईमा रोहित शर्माको गुनासो

काठमाडौँ । कप्तान रोहित शर्मा र पूर्वखेलाडी सुनिल गावस्करसँग जोडिएको एउटा विषय सार्वजनिक भएपछि अहिले भारतीय क्रिकेटमा नयाँ तरङ्ग सुरु भएको छ । उक्त विषय बाहिरिएपछि भारतीय क्रिकेट समर्थक पनि आश्चर्यमा परेका छन् ।
समाचारमा जनाइएअनुसार, टेस्ट र एक दिवसीय टोलीका वर्तमान कप्तान रोहित शर्माले पूर्व खेलाडी गावस्करको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) मा उजुरी गरेका छन् । उजुरीमा रोहितले आफू गावस्करको निरन्तरको आलोचनाबाट आजित भएको बताएका छन् ।
गावस्करको निरन्तरको आलोचनाबाट आफ्नो प्रदर्शनमा समेत नकारात्मक असर परेको दाबी कप्तान रोहितले गरेका छन् । रोहितले बीसीसीआईका वरिष्ठ अधिकारीहरूसँगको भेटका क्रममा पनि यो विषय उठाएको समाचारमा जनाइएको छ ।
‘सुनिल गावस्करले पटक–पटक मेरो आलोचना गर्दै आउनु भएको छ । मेरो विचारमा यति धेरै आलोचना गर्नु आवश्यक थिएन । निरन्तरको आलोचनाले खेलाडीको प्रदर्शनमा असर गर्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ,’ रोहितले बीसीसीआईका पदाधिकारीसँग भनेका छन् ।
केही समयअघि रोहित दोस्रो सन्तानको पिता बनेका थिए । सोही कारणले उनी अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा अनुपस्थित थिए । दोस्रो टेस्टमा भने उनी टोलीमा फर्किएका थिए । पहिलो टेस्टमा अनुपस्थित रहेका कारण रोहितको आलोचना भएको थियो ।
सोही विषयलाई लिएर गावस्करले पनि रोहितको व्यापक आलोचना गरेका थिए । त्यसपछि दोस्रो, तेस्रो र चौथो टेस्टमा रोहितले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । त्यसलाई लिएर पनि गावस्करले कप्तान रोहितको निकै आलोचना गरेका थिए ।
निराशाजनक प्रदर्शन गरेका कारण रोहितले कप्तान पद छाड्नु पर्ने सुझाव पनि गावस्करले दिएका थिए । यसरी पटक–पटक आफ्नो आलोचना गरेका कारण रोहितले गावस्करको विषयमा बीसीसीआईसँग असन्तुष्टि पोखेका हुन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन