विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन् : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । मंगलबार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए । उनले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने बताए । सांसदहरू संसदीय काम र प्रक्रियाहरूलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने उनले बताए ।
उनले भने, ‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले यो आगामी अधिवेशनमा संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरू संसदीय काम र प्रक्रियाहरूमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निष्कर्ष हुन्छ ।’
प्रमुख सचेतक बर्तौलाले सरकारले महत्त्वपूर्ण ढंगबाट काम गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण