कर्णालीमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने
सुर्खेत । कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्लेईङ्ग फर चेञ्जको आयोजनामा बुधबार र बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा प्रतियोगिता हुन लागेको हो ।
त्यसका लागि तयारी पूर्णरुपमा भइसकेको आयोजक संस्था प्लेईङ्ग फर चेञ्जका अध्यक्ष प्रकाश खड्काले बताए ।
उनका अनुसार पहिलो पटक कर्णालीमा सेन्सर प्रविधिको प्रयोग गरी उक्त आयोजना हुँदैछ । प्रतियोगितामा प्रदेशभरका तीन सयभन्दा बढी खेलाडीहरू सहभागी हुने उनले बताए ।
सहिद दिवसको अवसरमा दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीको तयारीमा सघाउ पुग्ने उद्देश्य राखिएको छ ।
प्रतियोगिताको उद्घाटन कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नेछन् ।
उक्त प्रतियोगिता सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, तेक्वान्दो संघ कर्णाली प्रदेशको समन्वय गर्न लागिएको हो ।
प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने अध्यक्ष खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण