कर्णालीमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

सुर्खेत । कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्लेईङ्ग फर चेञ्जको आयोजनामा बुधबार र बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा प्रतियोगिता हुन लागेको हो ।
त्यसका लागि तयारी पूर्णरुपमा भइसकेको आयोजक संस्था प्लेईङ्ग फर चेञ्जका अध्यक्ष प्रकाश खड्काले बताए ।
उनका अनुसार पहिलो पटक कर्णालीमा सेन्सर प्रविधिको प्रयोग गरी उक्त आयोजना हुँदैछ । प्रतियोगितामा प्रदेशभरका तीन सयभन्दा बढी खेलाडीहरू सहभागी हुने उनले बताए ।
सहिद दिवसको अवसरमा दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीको तयारीमा सघाउ पुग्ने उद्देश्य राखिएको छ ।
प्रतियोगिताको उद्घाटन कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नेछन् ।
उक्त प्रतियोगिता सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, तेक्वान्दो संघ कर्णाली प्रदेशको समन्वय गर्न लागिएको हो ।
प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने अध्यक्ष खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा