अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
काठमाडौं । ह्वाइट हाउसले डेमोक्र्याटहरुको अराजकता रोक्न व्यापक रुपमा अमेरिकी सहयोग एवं फण्डिङ्मा रोक लगाउनु परेको प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सरकारी अनुदान तथा अन्य संघीय सहायता रोक्ने ट्रम्प कदम अमेरिकी कर प्रणालीको उचित व्यवस्थापन भएको प्रतिक्रिया दिएकी हुन् ।
अतिबचावको भाषा प्रयोग गर्दै उनले ‘कर डलरको उचित प्रबन्ध’कै लागि ट्रम्पलाई राष्ट्रपति चुनिएकोसम्म अभिव्यक्ति दिन भ्याएकी छन् । ट्रम्प प्रशासनको यो रोकले कुन कार्यक्रम प्रभावित हुन्छन् भन्ने यकिन नभए पनि खर्बौं डलरको सहायता एवं अनुदान बन्द हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकी सिनेटका डेमोक्रेटिक अल्पसंख्यक नेता चक शूमरले ट्रम्प प्रशासनको यो कदमले पारिश्रमिक र भाडा भुक्तानी प्रभावित भई अराजकता सिर्नना हुने बताएका छन् । प्रेस सचिव क्योरोलिनले आफ्नो पहिलो ब्रिफिङमा केही सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पबारे भ्रम फैलाएको आरोप लगाउँदै त्यसको खण्डन गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण