आईसीसी महिला यू–१९ विश्वकप : अस्ट्रेलियालाई हराए पनि सेमिफाइनलमा पुग्न सकेन श्रीलंका
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले अप्रत्यासित हार भोगेको छ । ‘सुपर–६’ चरणको बुधबार खेलिएको अन्तिम खेलमा श्रीलंकाले अस्ट्रेलियालाई १२ रनले हराएको हो ।
अन्तिम खेलमा पराजित भए पनि अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो । यसको विपरित अन्तिम खेलमा बलियो अस्ट्रेलियालाई हराए पनि श्रीलंकाली टोली उपाधि होडबाट बाहिरिन बाध्य भयो ।
‘सुपर–६’ चरणको समूह–१ बाट आठ अंकसहित पहिलो हुँदै भारत सेमिफाइनलमा पुग्यो । अस्ट्रेलिया भने ६ अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो । पाँच अंकसहित श्रीलंका तेस्रो, चार अंकसहित बंगलादेश चौथो, एक अंकसहित स्कटल्यान्ड पाँचौँ र शून्य अंकसहित वेस्ट इन्डिज छैटौँ भए ।
‘सुपर–६’ चरणको समूह–२ बाट भने सात अंकसहित दक्षिण अफ्रिका पहिलो र ६ अंकसहित इङ्ल्यान्ड दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतले इङ्ल्यान्डको र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछन् । दुवै सेमिफाइनल खेल शुक्रबार खेलिने छ ।
बुधबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण