म्यान्चेस्टर सिटी आउट हुनबाट जोगियो, यात्रा कठिन
बिहीबार, १७ माघ २०८१, ०५ : २६
काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअपबाट आउट हुनबाट जोगिएको छ । बुधबार राती भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमको क्लब ब्रुगलाई ३-१ ले हराएर म्यान्सिटी शर्मनाक बहिर्गमनबाट जोगिएको हो ।
जितसँगै पेप ग्वार्डिवलाको टोली शीर्ष २४ भित्र सुरक्षित भएको छ भने अब अघिल्लो चरण प्रवेश गर्न प्लेअफको सामना गर्नु पर्ने छ । म्यान्सिटीका लागि कोभासिक र सविन्होले एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो ।
२०२३ को विजेता म्यान्सिटीको अघिल्लो चरण सम्भावना जिवित रहे पनि निकै तनावपूर्ण अवस्थाबाट गुज्रिनुु पर्ने चर्चा भइरहेको छ । प्लेअफमा बलियो टोलीको सामना गर्नु पर्ने पनि हुनसक्छ । उसले समूह चरणमा तीन खेल जित्दा ३ बराबरी र दुई खेल गुमाउन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण