प्यालेष्टिनी समर्थक विद्यार्थीको भिसा रद्द गर्दै ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति अवैध आप्रवासीलाई तह लगाउने सुरमा छन् । अवैध आप्रवासीविरुद्ध उनको प्रशासनले कठोर कारबाही गरिरहेको छ । यसैबिच ट्रम्पले प्यालेष्टिनी समर्थकहरूलाई पनि निशाना बनाउन थालेका छन् । प्यालेष्टाइनको पक्षमा नारा लगाउने र हमासको समर्थन गर्ने प्रवासी विद्यार्थीहरूलाई उनले छिटै अमेरिकाबाट ‘डिपोर्ट’ गर्ने भएका छन् ।
ट्रम्पद्वारा जारी आदेशले न्याय मन्त्रालयलाई अमेरिकी यहूदीहरू विरुद्ध आतंकवादी खतरा, आगजनी, तोडफोड र हिंसाबारेमा तत्काल कारबाही गर्न निर्देशन दिएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस सम्बन्धमा, फ्याक्ट शीटमा ट्रम्पले प्यालेस्टाइनको समर्थनमा प्रदर्शनमा भाग लिने सबै विदेशी विद्यार्थीहरूलाई ‘तिमीलाई खोज्नेछौं र देश निकाला गर्नेछौँ’ भनेर भनेका छन् ।
आफूले कलेज क्याम्पसमा हमास समर्थक सबै विद्यार्थीको भिसा तत्कालै लागू हुने गरी खारेज गर्ने पनि उनले बताए । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि हमला गरेको थियो । त्यसयता १५ महिनादेखि हमास र इजरायलबीच युद्ध जारी छ । यसैबिच प्यालेष्टिनी नागरिकको समर्थनमा अमेरिकाका कयौँ कलेज क्याम्पसमा लगातार प्रदर्शन भइरहेको छ । नागरिक अधिकारी समूहले यसलाई अरब र मुस्लिम विरोधी हमला भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण