अमेरिकामा हवाइजहाज र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाप्रति विज्ञ अचम्मित

काठमाडौँ । अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको विज्ञले बताएका छन् । बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताए ।
उनकाअनुसार अमेरिकामा संसारको सबैभन्दा सुरक्षित एयरलाइन प्रणाली छ । उनले भनेका छन्, ‘यस्ता टक्करहरू विगतको कुरा मानिन्थ्यो र नयाँ प्रविधिले विमानहरूलाई इलेक्ट्रोनिक रूपमा एकअर्कासँग कुरा गर्न सक्षम बनाएको छ, जसले पाइलटहरूलाई यस्ता आसन्न टक्करहरूको बारेमा चेतावनी दिन्छ।’
ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम भनिने यस्तो प्रणालीले विगत केही दशकहरूमा हजारौंको ज्यान बचाएको उनको भनाइ छ । उनका अनुसार सबै व्यावसायिक विमानहरू र धेरैजसो सैन्य विमानहरू यो प्रविधिले सुसज्जित छन्।‘ प्राविधिक रूपमा यस्तो दुर्घटना कहिल्यै हुनुहुँदैन थियो। यो अचम्मित तुल्याउने घटना भएको र निकै दुखद छ’, उनको भनाइ छ ।
वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर बिहीबार दुर्घटना भएको हो । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।
जसमा अहिलेसम्म १८ जनाको शव फेला परेको समाचारमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी