अमेरिकामा हवाइजहाज र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाप्रति विज्ञ अचम्मित
काठमाडौँ । अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको विज्ञले बताएका छन् । बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताए ।
उनकाअनुसार अमेरिकामा संसारको सबैभन्दा सुरक्षित एयरलाइन प्रणाली छ । उनले भनेका छन्, ‘यस्ता टक्करहरू विगतको कुरा मानिन्थ्यो र नयाँ प्रविधिले विमानहरूलाई इलेक्ट्रोनिक रूपमा एकअर्कासँग कुरा गर्न सक्षम बनाएको छ, जसले पाइलटहरूलाई यस्ता आसन्न टक्करहरूको बारेमा चेतावनी दिन्छ।’
ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम भनिने यस्तो प्रणालीले विगत केही दशकहरूमा हजारौंको ज्यान बचाएको उनको भनाइ छ । उनका अनुसार सबै व्यावसायिक विमानहरू र धेरैजसो सैन्य विमानहरू यो प्रविधिले सुसज्जित छन्।‘ प्राविधिक रूपमा यस्तो दुर्घटना कहिल्यै हुनुहुँदैन थियो। यो अचम्मित तुल्याउने घटना भएको र निकै दुखद छ’, उनको भनाइ छ ।
वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर बिहीबार दुर्घटना भएको हो । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।
जसमा अहिलेसम्म १८ जनाको शव फेला परेको समाचारमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण