फोटोफिचर
सोनाम ल्होसारको अवसरमा र्याली, २५ तस्बिरमा हेर्नुहोस्
बिहीबार, १७ माघ २०८१, १४ : ०६

काठमाडौँ । सोनाम ल्होसारको अवसरमा राजधानीमा र्याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले बिहीबार शान्ति बाटिकाबाट टुँडिखेलमा र्याली आयोजना गरेका हुन् ।
आज देशभर तामाङ समुदायले देशभर सोनाम ल्होसार मनाइरहेका छन् ।