अर्जुन ट्रफीका लागि भुवन कार्कीको कप्तानीमा बैतडीको टोली घोषणा
काठमाडौँ । कैलालीको धनगढीमा माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीलाई समावेश गरेर बैतडीले टोली घोषणा गरेको हो ।
बैतडीको टोलीमा एपीएफका खेलाडी अमरसिंह रौटेलासहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खड्क बोहोरा र दिपक बोहोरा रहेका छन् । टोलीमा प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमित वडाल र सल्लाउद्धिन खानले पनि स्थान पाएका छन् ।
बैतडीले माघ २० गते सीवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बैतडीले माघ २२ गते न्यू होराइजन बुटवलसँग खेल्नेछ भने माघ २४ गते क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँसँग भिडन्त गर्नेछ ।
सुदूरपश्चिम प्रदेशको क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा अर्जुन ट्रफी आयोजना गरिएको हो । प्रतियोगिताको कुल पुरस्कार राशि २० लाख रुपैयाँ रहेको छ । टी–२० ढाँचाको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा देशभरका आठवटा क्लबको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण